
बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा ,,
असार २७ , एजेनसि – जारि विश्वकप खेलमा बेल्जीयमलाई १ -० ले पराजित गर्दै फ्रान्स विश्वकप फाईनलमा पुगेको छ ।,रसियामा जारि २०१८ विश्वकपखेलमा हिजो राति भयको खेलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै १२ वर्ष पछि सेमीफाईनलमा प्रवेश गरेको हो ।फ्रान्सको जितमा सामुएल उमटिटीले गोल नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयको थियो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए ।