झुक्याएर हस्ताक्षर गराउनको लागि वडा अध्यक्षले दिए सदस्य लाई कार्यवाहक अध्यक्ष
पुस २९

काठमान्डौ- दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लालबहादुर चन्द ले विवादित भएको परियोजनाको सिफारिसमा सहि गराउन सदस्य ऐमान सिंह राना मगर लाई कार्यवाहक अध्यक्ष दिएको खुलासा भएको छ।
नौमूले गाउँपालिका वडा नम्बर ६ सल्लेरीमा संचालित जलवायु परिवर्तन सहयोग कार्यक्रम (NCCSP) को उपभोक्ता समिति गठनमा वडा अध्यक्ष ले सदस्यहरु लाई प्रष्ट नबुझाइ एकलौटी रूपमा उपभोक्ता समिति गठन गरेपछि ,सदस्यहरु ले प्रष्ट नभएर एकलौटी रूपमा गठन गरिएको समिति स्विकार्य छैन भन्दै निर्णयमा सहि नगरेको कुरा वडा सदस्य डिलसरा ताराम , देवि थापा र ऐमान सिंह राना मगर ले बताएका छन् ।

मंसिर १२ गते गठन भएको समिति दर्ता को लागि वडा अध्यक्ष ले वडा सदस्य ऐमान सिहं राना लाई कार्यवाहक अध्यक्ष दिई , दर्ता सिफारिसमा पुर्वे टोल खानेपानीको सम्झौता हो भनेर झुक्याइ सहि गर्न लगाएको वडा सदस्य ऐमान सिहं रानले बताउनु भएको छ।

उहाँले भन्नू भयो कागजमा सहि गराउनको लागि गगन बस्नेत आउनुभाथ्यो खानेपानीको भनेपछि मैले दुईवटा कागजमा सहि गरेको हो। NCCSP परियोजनाको उपभोक्ता समिति गठनमा हाम्रो असहमति भएरै हामीले गाउँपालिकामा निवेदन पेश गरेका छौँ ।यसमा वडा अध्यक्षले हामीलाई झुक्याउनु भयो।
यस उपभोक्ता समिति गठनमा राजनीति दलका सभापति/अध्यक्षहरु ले पनि हामीहरु लाई वडा अध्यक्षले खबर नै नगरी गठन गरेको गुनासो गरेका छन् ।
