अलास्का पहाडमा ठोक्कियो विमान यसरि अडियो पहाडमा ,,

असार, २७ ,काठमाडौं – अमेरिकाको लस एन्जलसमा विमान दुर्घटना भयको छ । ११ जना सवार घाईते भयका छन् र विमानमा सबै यात्रु सकुशल भयको अमेरिकी अधिकारीहरुले जनायका छन् । अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलमा पुगेर सबैलाई उद्धार गरेका थिए ।
