पोखरामा दुर्घटनाग्रस्त यती विमानबाट २२ जनाको शव निकालियो
माघ १

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाजमा लागेको आगो निभाउने क्रम जारी छ भने अहिले सम्म २२ जनाको शव निकालिएको घटनामा संलग्न एक सुरक्षाकर्मीले बताए ।
विमान पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो। जहाजमा आगो लागेको छ ।
