सबै कार्यक्रम रद्द गरि प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थलतिर
माघ १

काठमाडौं, १ माघ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुका छन। दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका हुन।
काठमाडौ विमानस्थलबाट पोखरा तर्फ उडेको यति एयरलाइन्सको हजा पोखराको सेती खोचमा दुर्घटना ग्रस्त भएको छ। विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरि ७२ जना सवार रहेका थिए । अहिले सम्म ३५ जनाको शव निकालियको पाईएको छ ।
