नारायणगढ मुग्लिन सडक यसरी भासियो ,

Naumule

असार २७ ,चितवन- नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा करिब ६५ मिटर सडक भासिएको छ । हालै मात्र निर्माण पुरा भएर सञ्चालनमा आएको यो सडकमा माथिबाट झर्ने पहिरोले पिरोलिरहेका बेला करिब ६५ मिटर भासिएपछि यातायात एकतर्फी मात्र चलेका छन् । सन् २००४ मा भासिएको ठाउँमा करिब २० मिटर तलबाट रड भित्तामा छिराएर माटो भरेपछि बनाइएकै ठाउँमा सडक भासिएको हो ।

Gurvakot

मंगलबारबाटै भासिएको यो सडक बुधबार अझै धेरै धसिन पुगेको छ । सडक भासिय पछि अहिले भूगर्भविद्ले अध्ययन गरिरहेका छन् । सडक मुनि त्रिशुली नदिको बाहाव वा सन् २००४ मा भासिएको स्थानमा गरिएको मर्मतको आयु सकिएर पनि सडक भासिएको हुन सक्ने भूगर्भविद अच्युत कोइरालाले बताय ।नारायणगढ मुग्लिन सडक जतिनै मर्मत गरे पनि भौगोलिक बनोट र गिल्लो माटोको कारण याँहा बारम बार पहिरो जाने गर्दछ ।

Bangad kupinde