सल्यानको बनगाड माझकाँडामा मामाले गरे भन्जाको हत्या
माघ २
काठमान्डौ – सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडान १० माझकाँडामा मामाले भान्जाको हत्या गरेका छन।
माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो पुरीले बालकलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।