surkhet

डा . तोसिमा कार्की फेसबुकको स्वास्थ्य मन्त्रीमा नियुक्त

surkhet

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा .तोसीमा कार्की स्वास्थ्य मन्त्रीमा सिफारिस भएको भन्ने खबर गलत भएको छ।

कार्कीले पनि सामाजिक संजाल मार्फत आफू स्वास्थ्य मन्त्रालयमा सिफारिस नभएको उल्लेख गरेकी हुन।
सामाजिक संजालभरी तोसिमा कार्की स्वास्थ्य मन्त्री भएको भन्दै बधाई दिने गरेका छ्न।

Gorkha

हिजो बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकको सहमतीय अनुसार सो पार्टीले दुई मन्त्रालय पाउने भएको छ।जस्मा श्रम र शिक्षा मन्त्रालय पाउने भएको हो।

Dailekh

मन्त्रालयको भागबन्डा गर्ने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई दिईएको छ।
समितिको सोमबार साँझ बसेको बैठकले रास्वपालाई तीनवटा मन्त्रालय दिने निर्णय गरेको थियो। गृहमा अहिले नै पार्टी अध्यक्ष रवि लामिछाने छन्।

रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको छ।माघ ३

 

salyan