surkhet

नौगाडमा पहिरोले दर्जनौ घर पुर्यो गाँउ बन्यो सञ्चार बिहिन ,,

surkhet

असार २७ , दार्चुला – दार्चुलाको नौगाडा गाँउपालिकामा मंगलबार राति परेको पानीले दर्जनौ घर पुरेको छ भने गाँउपालिका सञ्चार बिहिन बनेको छ पहिरोले खोलामा भयका गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरु पनि बगाउँदा आवत्जावत् समेत बन्द भएको जनकराज भट्टले बताएका छन् । र्न गारो भयको छ नौगाड गाउँपालिका-४ कपडेका लालमनी ठगुन्नाका २ वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

Gorkha

नौगाड खोलामा आएको बाढीले होपरीगाडमा रहेको मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ ।नौगाड गाउँपालिका-१ मा खडकसिंह ठगुन्नाको घर पहिरोले पुरिँदा पशुचौपाय, अन्नबाली, अन्य सम्पत्ति पहिरोले पुरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिंह बडालले बताएका छन् । उक्त क्षेत्रमा बस्ती नै जोखिममा रहेको छ ।यस्तै नौगाड गाउँपालिका-१ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षती भएको छ ।गरीबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजना र त्यहाँको बस्तीहरुमा क्षती पुगेको छ ।

पुल हरु नहुँदा स्थानियलाई उद्दार गर्न र क्षति विवरण ल्याउन समय लाग्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि ती बस्तीमा परिचालन गरिएको छ ।उद्धारका लागि खटिएको प्रहरी टोलीसँगसमेत सम्पर्क हुन नसकेको प्रहरी चौकी सिप्टीले जनाएको छ ।बाढी पहिरोले ग्रसित उक्त बस्तीमा विभिन्न पशुचौपाय, अन्य भौतिक क्षती भएपनि मानबीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

 

salyan