रुकुम चौरजहारी

आठ करोडको बिरालो यस्ता छन विशेषता

माघ १२

रुकुम आठ विसकोट

काठमाडौ – अमेरिकाको क्यालिफोर्नियामा यो बिराले निकै चर्चामा छ । एउटा बिरालो एक झट्कामै करोडपति बनेको छ । हो, यस बिरालोले ८ करोड रुपैयाँ बराबरको रकम हात पार्न सफल भएको छ । पैसा कसरी हात पार्यो उसले, त्यो निकै अनौठो कहानी छ ।

मिडिया रिपोर्ट अनुसार यस बिरालोले अदालतमा दायर भएको एउटा मुद्दामा जित हात पारेर उक्त रकम प्राप्त गरेको हो ।
लामो कानूनी लडाइँ पश्चात ग्रम्पी क्याट नामक उक्त बिरालोले झण्डै ८ लाख डलर बराबरको रकम अर्को पक्षबाट जरिवानाबापत प्राप्त गरेको छ ।

क्यालिफोर्नियाको संघीय अदालतले यो फैसला सुनाएको छ । समाचार अनुसार क्यालिफोर्नियामा बस्ने ताबाथा बुन्डेसेन नामक व्यक्तिले आफ्नो घरमा पालेको ग्रम्पी क्याट उसको अनौठो लुक्सका कारण इन्टरनेटमा निकै चर्चामा आएको थियो । तत् पश्चात बिरालो धनी बुन्डेसेनलाई एक कफी कम्पनीबाट अफर मिल्यो । उसले बिरालोको उक्त लुक्सलाई एक कफीका बट्टामा बिरालोको नाम र चित्र प्रयोग गर्न चाहन्थ्यो ।

त्यसपछि बिरालो धनीले ग्रम्पी क्याट नामबाट आफ्नो एक कम्पनी दर्ता गरे र उक्त कफी कम्पनीलाई आफ्नो बिरालोको फोटो प्रयोग गर्ने अधिकार दिए ।

करार सम्झौता अनुसार Grumppuccino कफीको बट्टामा मात्र बिरालोको नाम तथा फोटो प्रयोग गर्न पाइने थियो । तर कम्पनीले चाहिँ अन्य सबै प्रडक्टमा पनि बिरालोको लोगो तथा नाम प्रयोग गर्यो ।

त्यो कुरा थाहा पाएसँगै बिरालो धनीले कफी कम्पनीविरुद्ध अदालतमा मुद्दा हाले । अदालतले उक्त कम्पनीद्वारा बिरालोको तस्वीरको दुरुपयोग गरेको ठहर गर्यो । अनि कफी कम्पनीले बिरालोलाई झण्डै ८ लाख डलर जरिवाना तिर्नुपर्ने फैसला गर्यो ।एजेन्सी