डा.गोविन्दकेसीलाई ल्याउन जुम्ला हेलिकोप्टर पठाईने ,,
असार २७ , काठमान्डौ – जुम्लामा अनसन बस्दै गर्दा आईसीयुमा परेका डा. गोबिन्द केसीलाई राजधानी ल्याउन जुम्ला हेलिकोप्टर पठाउने तयारि भयको छ ।चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा आमरण अनसन बसेका केसीको स्वास्थ्यमा गडबडी भयपछि र उनि गम्भीर बिरामी परेपछि उनलाई ल्याउने तयारी सरकारले गरेको छ। डा. केसी भने माग पुरा नभएसम्म काठमाडौं नआउने अडानमा छन् ।
उनले सरकारले काठमाडौंबाट पठाएका चिकित्साकबाट पनि उपचार लिन मानेका छैनन् । डा. केसी अनसन बसेको अवस्थामा मर्नै परे यहीँ नै मर्छु भनिरहनु भएको छ, डा. केसी पक्षधर एक चिकित्सकले भने,। ‘हेलिकप्टर लिन आएकै भरमा काठमाडौं आउनुहुन्छ जस्तो लाग्दैन । यद्यपि काठमाडौं जाने कि नजाने उहाँको निर्णयको कुरा हो उनका निकट चिकित्सकले भने । चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग राख्दै डा. केसी १२ दिन बाट जुम्लामा १५ औ अनसन बसिरहेका छन् । उनलाई लिन नेपाली सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर जुम्ला पठाउने तयारी गरिएको छ । आजै हेलिकोप्टर जुम्ला जाने तयारीमा छ ।