surkhet

३२ दिनमा रवि लामिछानेको सांसद पद देखि मन्त्री पद खारेज

surkhet

काठमाडौं – रवि लामिछाने राजनितिक यात्रा ३२ दिनमा पुलिस्टप लागेको छ।सर्वोच्च अदालतले रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि उन्को सबै पद गुमेको छ। पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद  ३२ दिनमै गएको छ ।

न्युज २४ मा जन्तासंग सिधा कुरा कार्यक्रम चलाएर चर्चामा आएका रवि लामिछानेको राजनितिक पदयात्रा ३२ दिनमा बन्द भएको हो। रविले उक्त कार्यक्रमबाट थुप्रै जन्ताको मन जितेका भएपनि भित्री कुरा भने अर्कै थियो ।

उनले न्युज २४ छोडेपछि केही महिना ग्यालक्सी टिभी चलाएका थिए ।२०७९ असार १ गते ग्यालक्सि टिभी छोडेर उनले राजजितिकम आए भबे उनले असार ७ गते नै स्वतन्त्र पार्टीको घोषणा गरेका थिए ।

Dailekh

उनले स्वतन्त्र उमेदवारको खिल्ली उडाएको र स्वतन्त्रलाई पार्टीमा बदल्न खोजेको भन्दै आयोगमा मुद्दा समेत परेको थियो । लामो समयको अन्तरालमा उनलाई आयोगले स्वतन्त्र पार्टीको नाम राख्न दिएपनी चुनाव चिन्हमा विवाद नउठेको होईन।

Gorkha

२०७९ असोज २३ मा चितवनबाट उठेका रविले मंसिर ४ गते भएको प्रतिनिधिसभाको चुनावमा ८ गते चितेका थिए ।

२०७९ पुस ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदीय दलको नेतामा जितेका रवि लामिछाने वर्तमान प्रधानमन्त्री नेकपा माओवादी केन्द्र ल्का अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने भनेपछि उनले उप प्रधान सहित गृहमन्त्री पाएका थिए ।

चुनाव सुरु हुनुभन्दा नै लामीछानेको नागरिकता विवादमा प्रश्न उठेको थियो । मुद्दा चलिरहेपनि सर्वोच्च अदालतले आज २०७९ माघ १३ गते लामिछाने नेपाली नागरिक नभएको ठहर गर्यो र उनको सांसद पद देखि मन्त्री पद खारेजको आदेश दियो । यो सहित उनी मन्त्री बनेको ३२ दिनमा उनका सबै पद गुमेका छन।

रवि लामिछानेले विदेशी नागरिक अझै त्यागेका थिएनन भने उनिसंग अहिले पनि अमेरिकी पासपोर्ट छ। लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी छिरे लगतै उन्को स्वत नेपाली नागरिकता रद्दा हुने नेपाली कानुनमा उल्लेख छ।

रविले अमेरिकाबाट नेपाल आएपछि नेपाल बसोबास गर्न अमेरिकी पासपोर्ट त्याग्नु पर्छ भने पुनः नेपाली नागरिकताको लागि नेपाल सरकार गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ तर उनले त्यो कुनै प्रक्रिया गरेरन । फलस्वरूप उनलाई सर्वोच्च अदालतले नेपाली नागरिक नभएको ठहर गरेको छ। रवि लामिछाने बर्खास्त भएसंगै अब चितवन २ मा उपनिर्वाचन हुने छ।माघ १३

 

 

salyan