सुनप्रकरणमा पत्रकारको पनि संलग्नता भेटियपछि पक्राउ ,,

असार २७ – लामो समयदेखि चर्चा बटुल्दै गरेको सुनप्रकरणमा पत्रकारको पनि संलग्नता भेटियको छ। सरकार द्वारा छानबिन गठित समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ । १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए ।

परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो र अनुसन्धान थालेको थियो । त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा अधिकारीलाई समितिले पक्राउ गरेको हो । हाल उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । उनलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।सोही घटनामा समितिले दिनेश घिमिरे र दीपक श्रेष्ठलाई पनि पक्राउ गरेको स्रोतको भनाइ छ । घिमिरेलाई प्रहरी वृत्त, कमलपोखरी र श्रेष्ठलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
