रवि लामिछानेलाई गृहमन्त्री दिन सकिँदैन म संग मेजोरिटी सरकार छ : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री दिन नसकिने बताएका छन। अहिले तत्काल गृहमन्त्री दिने सकिँदैन उहाँमाथी धेरै प्रश्न उठेका छन।
प्रधानमन्त्री प्रचण्डले भने मैले विश्वास गरेर रवि जिलाई गृहमन्त्रीमा नियुक्त गरेको हु । तर उहाँमाथी अहिले नैतिक प्रश्न मात्र हैन राष्ट्रिय स्वधिन्तासंग जोडियको नागतिकता हुँदै दोहोरो राहदानीको छानबिन चलेको छ।
दाहालले थप भने रविले भने जस्तो छैन म संग मेजोरिटी सरकार छ गृहमन्त्री कस्लाइ बनाउने भन्ने तर रवि लामिछाने भने होइन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् ।
सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए ।
बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ । छिटै निर्णय हुन्छ। माघ १६