suekhet
bheriad

उपत्यकामा ट्रिपर आतंक बढेपछि राति आठबजे अघिसम्म चलाउन नपाईने ,,

lekabesi

असार २७ , काठमान्डौ – राजधानीको उपत्यका भित्र ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको छ । गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन दिएको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।अब राति ८ बजेदेखि बिहान ५ बजे सम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । यो कार्यले दुर्घटना कम हुने गृहमन्त्रि श्रोतले जानकारी दियको छ । उपत्यकाको यो तिन जिल्लामा मात्र यो नियम लागु हुने छ ।