बिरामीमालाई थप्पड हान्ने अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ

माघ १७

काठमान्डौ – बिरामी वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ ।
पाण्डेले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

lekbesi

पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सिया नामकी पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ ।

पक्राउ परेकी पाण्डेलाई आउँदाे मार्चमा सजाय सुनाइने छ । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।