रवि लामिछानेले सरकार छोड्ने भन्दै दलका नेतालाई फोन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए ।

रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

अनागरिक र दोहोरो राहादानी मुद्दामा जेल जाने भएपछि रवि लामिछानेले सरकार छोड्दै छन। यस अघि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । अहिले उनी पद मुक्त भैइसकेका छन। मुद्दा खेपिरहेका लामिछानेले आफू लाई गृहमन्त्री मागिरहेका छन।माघ १९