surkhet

रुकुम पश्चिममा बति ल्याउन राखीएका पोल र तार अल्पत्र जन्ता अँध्यारो मा टुकि बाल्दै

माघ १९

surkhet

रुकुम पश्चिम् – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका केही स्थानमा दुई वर्ष पहिला गाडिएका विद्युत पोल र तानिएका तारमा अहिले सम्म लाईन विस्तार हुन सकेको छैन ।

गाडिएका पोलहरुमा कतै भाँचिएका छन् भने कतिपय स्थानमा पोल तथा तारहरु लथालिंग अवस्थामा रहेका छन । जस्ले गर्दा जनता अझै अधेरोमा बस्न बाध्य भएका छन।

चौरजहारी नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ का विभिन्न स्थानहरुमा यस्तो समस्या देखिएको हो ।
स्थानीय बिनोद शर्माले चौरजहारी नगरपालिका वडा नम्वर १३ आकाशेदेखी छेर्नी डाँडाको बिचमा रहेका पोल भाँचिएकाे बताउनुभयाे ।

Dailekh

उहाँका अनुसार यसरी बाटोमा अलपत्र परेका विद्युतका पोल र लथालिङ्ग परेका तारको अवस्थाले विद्युत सेवा पाउने सर्वसाधारणको अधिकारलाई गिज्याएको अनूभूति जनताले गरेका छन्।

Gorkha

दुई वर्ष अघि गाडिएका पोलहरु यसरी वेवारिसे बन्दा राज्यको सम्पति समेत नोक्सान भएको स्थानीयको गुनासो रहेको छ । विद्युत सेवा पाउँला भन्ने आशा गरेको बेला पोल भाँचिएर तार नै लथालिंग अवस्थामा रहेको शर्माले जानकारी दिनुभयाे ।

चौरजहारी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण शर्माले १३ नम्वरको वडाको कुनै पनि स्थानमा विद्युत सेवा नपुगेको बताउनुभयो । दुई वर्ष पहिला गाडिएका पोल र तारहरु लिलाम जस्तै भएको जानकारी दिनुहुँदै वडाध्यक्ष शर्माले पोल र लाईन बिस्तारको जिम्मा लिएको ठेकेदारको लापरबाहिले यस्तो समस्या सिर्जना भएको बताउनुभयो ।

आफूले बारम्बार जिल्लाको बिद्युत कार्यालयमा यस बारेमा जानकारी गराउँदा पनि विद्युत कार्यालयले ठेकेदारलाई देखाउँने गरेको उहाँले बताउनुभयो । ‘जनतालाई समस्या भएको छ,’ वडाध्यक्ष शर्माले भन्नुभयो, ‘आफ्नो वडाको पुरै जनता र अन्य वडावासी समेत अध्यारोमा बस्न बाध्य भएका बताउदै ।

चौरजहारी नगरपालिकाले कुनै पनि चासो न लिएको र नगर प्रमुख पुष्प बादी लाई पटक पटक जानकारी गराउदापनी कुनै चासो न लिएको वडा अध्यक्ष शर्माले जनाएका छन ।

salyan