चितवनका किसानको नौटैन्की पसलमा तरकारी छैन बाटोभरी तरकारी पोख्दै
चितवन् – चितवनका किसानले तरकारी सडकमा फालेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।
आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् ।
बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् ।
किसानले गरेको यो हर्कत भने पक्कै उचित होइन । काठमाडौको कालीमाटीमा रहेको तरकारी फलफुल केन्द्रमा तरकारी भने जस्तो नहुदा व्यवसायी मारमा छन र भारतबाट आएको तरकारी किन्न बाध्य छन त्यो पनि कयौ दिन कुर्नु पर्ने हुन्छ ।
यस्तै व्यवसायीले तरकारी फाल्नु भन्दा कयौ दिन सम्म बाटोमा भोकै रहेका व्याक्ती घर परिवारलाईसमेत यो तरकारी दिन सकिन्छ भन्ने धेरैको बुझाई छ।