रुकुम चौरजहारी

गोरखा ताकुकोट सेवा समाज काठमाडौंको ७ औं साधारण सभा कार्यक्रम सम्पन्न

रुकुम आठ विसकोट

काठमान्डौ – गोरखा ताकुकोट सेवा समाज काठमाडौंको  ७ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा बारपाक सुलिकोट वडा न ६ ताकुकोटबाट काठमाडौं  आई बिभीन्न पेसा ब्यबसायी र पढ्दै  बस्नुहुने ताकुकोट बासीहरु  मिलेर आफ्नो गाउँ र ठाउँमा केही सामजिक सेवा गर्नु पर्छ भनेर बनेको यो संस्था अहिले सबै वडा बारपाक सुलिकोट गाउँपालीका आजीबन सदस्यहरू बनाउँदै गाउँपालीका स्तरीय हुँदै गयको छ।

यो संस्थाले धेरै कामहरू गर्दै आएको छ गाउँमा र काठमाडौंमा रहेर आफ्नो गाउँ र गाउँपालीका जनसमुदायलाई अफ्ठ्यारोमा सयोग गर्दै आएको छ ।

आफ्नो गाउँलाई राम्रो संग समाजिक रूपमा परिबर्तन गर्ने हेतुले बनेको यो ताकुकोट सेवा समाज काठमाडौं हो ।

काठमाडौं बनस्थली ढुङ्गेधारा च्छो रोल्पा पार्टी प्यालेसमा भयको कार्यक्रममा उपप्रधानमन्त्री भौतिक पूर्वाधार  यातायात मन्त्री माननीय नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा र बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट ज्यूको बिसेष आतिथ्यमा  ७ औ बार्षिक साधारण सभा उद्घाटन कार्यक्रम सम्पन्न भयको हो।

साथै गोरखा बारपाक सुलिकोट गाउँपालीकाबाट एसिमा उतकृष्ट नम्बर ल्याउने विद्यार्थी  हरुलाईलाई सम्मान कार्यक्रम सहित श्री  सूर्य ज्योति माध्यमिक बिद्यालय बाट ३.७५ ल्याउने समिर श्रेष्ठ  ,माईकोट माध्यमिक  विद्यालय बाट ३.२५जि.पि.ए ल्याउने सुस्मिता बराम अन्तर ज्योती माध्यमिक विद्यालयबाट यम बहादुर बराम ३.५ ल्याउने बिधार्थी लाई नगद दश हजार सहित सम्मान प्रदान गरिएको थियो।

साथै राष्ट्रिय लोक गायक सागर गुरुङ सहित  अन्य कलाकार हरूको उपस्थितिमा  सास्कृतिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य शिविर पनि रहेको थियो।

चिरायु हस्पिटलबाट निशुल्क स्वास्थ्य चेक जाँच गरिएको थियो आजनै बन्द सत्र जारी गरी नयाँ कार्यसमिति चयन गरेको छ ।
आज सम्पन्न सातौं बार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमति (२०७९-८१)

अध्यक्षः कृष्ण प्रसाद पनेरु
उपाध्यक्षः अनुप श्रेष्ठ
महासचिवः राजन बाबु श्रेष्ठ
सचिवः धिर्ज बहादुर उपरकोटी
कोषाध्यक्षः होम नारायण श्रेष्ठ( सन्जिव)
सदस्यः शारदा थापा खड्का
सदस्यः ईन्दिरा भट्ट ढकाल
सदस्यः नवराज सुवेदी
सदस्यःहरिराम आले मगर
सदस्यः भिम प्रसाद देवकोटा
सदस्यः मदन कुमार जोशी
सदस्यःध्रुब बाबु सुवेदी
सदस्यः शेर बहादुर गुरुङ (शितल)माग २१