पाकिस्थानमा आत्मघाती हमला २० जनाको ज्यान संगै नेताको पनि …

असार २७ -एजेन्सी: पाकिस्तानको पेशावर सहरमा मंगलवार राति एक आत्मघाती हमला हुँदा कम्तिमा बिस जनाको ज्यान गयको छ ।भने पचास भन्दा बढी घाईते भयका छन् । चु्नावी र्‍यालीमा भएको यो आत्मघाती हमलामा मारिएका मानिसमध्ये एकजना वामी नेशनल पार्टी (एएनपी) का नेता हारून बिलौर पनि रहेका छन् । बिलौर पेशावर शहरको पिके-७८ सिटबाट उम्मेदवार थिए। उनी यहाँ अन्य नेतासँग भेटघाटका लागि बसेका थिए । यी नेता जब स्टेजमा पुगे तब आत्घाती हमलाकारीले आफूलाई बमले उडाएका थिए । त्यो बेला बिलौर गम्भीर घाइते भएका थिए तर उनलाई अस्पताल लगेपछि चिकित्सकले मृत घोषित गरे। एजेन्सीले दियको सुचना अनुसार २५ जुलाईमा हुने आम चुनावअघि पाकिस्तानमा यो दोस्रो ठुलो आतंकवादी हमला हो । यस महिनाको सुरुवातमा खैबर पख्तूनख्वा प्रान्तको तख्तिखेलमा एक विस्फोट हुँदा सातजना घाइते भएका थिए । घटनाबारे अनुसन्धान भईरहेको एजेनसि समाचार माध्यामहरुले बतायका छन् ।