सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समवेश गरेको भन्दै क्यानविरुद्द आन्दोलन

काठमान्डौ – बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान) विरूद्ध प्रदर्शन भएको छ।

शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो।

यस्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेको छ। त्यसरी राखेपछि सामाजिक सञ्जालमा क्यानको यो निर्णयको विरोध भइरहेको छ।

lekbesi

पीडितलाई लात बलात्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन!, आर वी सेफ, उता फिक्सिङ गराउने यता बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद लगायतका नाराहरूसहितको प्याम्प्लेट उनीहरूले बोकेका छन्।

उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन फुकुवा गरेको थियो। माघ २२