रवि लामिछानेको पद संगै होस पनि गुमि सकेको छ : ऋषि धमला
काठमान्डौ – पत्रकार ऋषि धमलाले रवि लामिछानेले पद संगै आफ्नो होस हवास पनि गुमाएको बताएका छन ।
रवि लामिछानेले हिजो पत्रकार सम्मेलन गर्दै पत्रकार ऋषि धमलाको त के कुरा गर्नु र उनले पाँच करोड मागेका थिए भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।
त्यस्पछी ऋषि धमलाले रविलाई जवाफ दिदै उनले आफ्नो वास्तविक छवि देखाएको भन्दै आक्रोश पोखेका छन।
भिडियोमा ऋषिले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती मात्र दिएका छैनन्, पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा समेत गरेका छन् ।
यस्तै २४० बर्षको राजतन्त्र छोड्दा राजाले केही नबोलि जन्तालाई सुभकामना दिएर गएको र रविले मन्त्री पद गएको रिसमा मिडिया पत्रकार जगतलाई आरोप लगाएको पनि बताएका छन।
रवि लामिछाने मन्त्री त के सांसद समेत रहन नसक्ने व्याक्ती रहेको धमलाले बताएका हुन।
रवि लामिछानेले सरकारबाट बाहिरिदै गर्दा प्रेस मिट राखेका थिए । उनले आफ्नोलागि मिडियाले एक होरो रुपमा प्रहार गरिरहेको समेत गुनासो पोखे ।
त्यस्तै रविले नेपालमा चलेका ठुला मिडियाका १२ भाइ एक ठाउँमा बसेर जाड खादै योजना बनाएर आफ्नो विरुद्द लेखेको बताए ।माघ २३