आमाले छोरीलाई फेसबुक चलाउन नदिँदा गरिन आत्महत्या ,,

असार , २७ ,अर्घाखाँची – पढ्ने बेलामा मोबाईल चलाउनु हुन्न भन्दा एक बालिकाले आत्महत्या गरेकी छन् ।अर्घाखाँचीको भुमिकास्थान नगरपालीका ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी हुन् । आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोकमा आवेगमा आएर बुधवार बिहान आत्महत्या गरेकी हुन् । भारतको दिल्लीस्थित नोएडामा श्रीमानको पेन्सन बुझ्न जान लागेकी आमा रमालाई जाने बेलामा सुनिताले मोबाईल छोड्न अनुरोध गरेपछी उनले त्यसलाई इन्कार गरेकी थिइन् ।
त्यसलगत्तै छोरी सुनितालाई मोबाईल सेट दिएपनि म चलाउदिन तपाईको मोबाईल भनेर रिसाउदै कोठामा गएकी उनले अन्तत आत्महत्या गरेको अब्वास्थामा भेटियकि छिन ।लामो समय सम्म छोरीले कोठाको ढोका नखुलेपछि शंका लागेर आमा रमाले छरछिमेकलाई बोलाएर ढोका खोलेकी थिइन् । ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । त्यसगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

सुनिताले आफ्नो ईन्टरनेट (फेसबुक) नचल्ने साधारण मोबाईलसँग साटन् दिल्ली जान लागेकी आमालाई एक दुईदिन देखि बारम्बार अनुरोध गरेको र यो बेला पढ्नुपर्छ मोबाईल चलाएर समय खर्चने होईन छोरी भनी सम्झाउदा नलागेपछि आमाले मोबाईल सेट चलाउन दिए पनि रिसाएर कोठामा गएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।आमा रमा दिल्लीको नोएडा जानको लागि सन्धिखर्क आईपुगेको समयमा उनले आत्महत्या गरेकी थिईन् । सुनिता शान्ति मावि डाँडापोखरीमा कक्षा १० मा अध्यनरत थिईन् सवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ । मोबाईल चलाउन नपाएको झोकमा मृत्युबरण गर्ने घटना अर्घाखाँचीमा पहिलो हो ।

मोबाईलकै कारण आज भोलि सहरमा हत्या , आतंक , लुटपाट बढिरहेको हनुमान ढोका परिसदले जनायको छ। , ईन्टरनेटको सहि सदपुयोग गर्न नजान्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ। एक अर्काको विश्वासमा आफ्नो फेसबुकको आईडी पासपोर्ट बाँड्ने , फेक आईडी बनाउने र ब्ल्याकमेल गर्ने जस्ता घटना बढ्दो भयपछि महानगरीय प्रहरी परिसरले कसुर हेरेर ५ वर्ष जेल र २ देखि ३ लाख वा सो भन्दा माथि विधुतिय माध्यमको कारबाही गरेको छ ।हाल अहिलेसम्म ८७४ ओटा मुद्दा दायर भयको र ति मध्ये ४७ जनालाई कारबाही अगाडी बढाईयको परिसरले बतायको छ।
