Simta
Simta
lekbesi

राजधानी भित्र सडकमा परेका खाडल बारे प्रधानमन्त्रीको चिन्ता ,,

Gurvakot

असार २७ ,काठमान्डौ – राजधानीमा भयका खाल्डा खुल्डी तत्काल पूर्ण प्रधानमन्त्री ओलीले जानकारी गरेका छन् वर्षा याम संगै उपत्यका भित्रमा भयका पानि जम्ने खाल्डा खुल्डी पुरेर सडक जस्तो बनाउन ओलीले निर्देशित गरेका हुन् साथै प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राख्दै कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिन्डिकेटबारे पनि चासो देखाएका छन् ।

सार्वजनिक यातायालाई कम्पनीमा रुपान्तरण गर्ने लगायतका कार्यहरु तत्काल सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट सदाका लागि अन्त्य गर्न दीर्घकालीन रुपमा सम्पन्न गर्नु पर्ने कार्यहरुको उपयुक्त कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दियको प्रधानमन्त्री कार्यालयले जानकारी गरेको हो।बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट फर्कन नसक्ने बताए । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले एक साताभित्र प्रतिवेदन दिने र त्यसअनुसार अघि बढ्ने उनले बताए ।

उनले सडक बत्ति, चाबहिल-बौद्ध-जोरपाटी सडक र कलंकी-थानकोट सडक र अन्य सडकको खाल्डाखुल्डी व्यवस्थापनमा ५० दिनभित्र महसुस हुने गरी सुधारका काम गर्ने बताएका छन् । राजधानीका अधिकांस ठाँउमा खाडल पर्ने र पानि जम्ने , धुलो धुँवा उड्नाले यात्रु र पैदल यात्रुलाई निकै सास्ती भोग्न परेको छ। केहि दिन अगाडी वातावरण दिवसको दिनमा पनि बन मन्त्रि र गृहमन्त्री थापाले सडकमा सवारी साधनको छड्के जाँच गरेका थिय।

lekbesi
Simta