surkhet

अगरबत्ती भित्र लागु औषध बरामद ,,

surkhet

असार२८ ,बुटवल- लागु औषध ओसार पसार गर्ने २ जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा लेखनाथ महानगरपालिका- १५ बस्ने वर्ष १९ का रोनित राना र तनहुँको व्यास नगरपालिका-७ बस्ने वर्ष २१ का रोजन गुरुङ पक्राउ परेका हुन् । उनीहरुलाई भारतको सुनौलीबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय वुटवलले जनायको छ सुनौलबाट लागुऔषध खरिद गरी ग २ प ४९३३ नम्बरको मोटरसाइकलमा पोखरातर्फ लैजाँदै गर्दा उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलनचोकबाट पक्राउ गरेको हो ।

Gorkha

उनीहरुको शरिर खानतलासी गर्दा प्लाष्टिक ब्यागभित्र कृष्ण कन्हैया लेखेको शालिग्राम धुपमा लुकाएको नुफिन १७, फेनारगन ३४, सेरिजैक ३४, टालजेसिक १७ एम्पुल्स, नाइट्राभेट १०५ ट्याव्लेट फेला परेको हो ।लागु औषध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

 

salyan