surkhet

चौरजाहारी नगरपालिकामा बहुमुल्य काठ अवैध रुपमा चोरी

फाल्गुन २०

surkhet

रुकुम पश्चिम् – रुकुम पश्चिम्को चौरजाहारी नगरपालिकामा बहुमुल्य काठ तस्करी अवैध रुपमा चोरी निकासी भईरहको सालको काठ बरामद गरिएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका -१ बाट सल्यानतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको हो।

अवैध रुपमा ओसारपसार कार्यमा प्रयोग गरिएको ट्याक्टर र चालकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भै रहेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो।

Dailekh
Gorkha

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार १५ थान  सालको काठ भे १ त १४६१ नम्बरको ट्याक्टर र चालक रातो बिष्टलाई ईलाका प्रहरी कार्यालय चौजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित कालिका सामुदायिक वनबाट अवैध रुपमा बहुमुल्य सालको  काठ ओसार पसार भइरहेको भन्ने गोप्य सुचना पाएपछि अपरेसनमा खटिएको टोलीले  चौरजहारीबाट सल्यानतर्फ लैजादै गरेको ३८.५५ क्युफिट बहुमुल्य काठ बरामद गरिएको हो ।

प्रहरीले बरामद गरिएको बहुमुल्य सालको काठ, ट्याक्टर र चालकलाई थप अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय चौरजहारीमा बुझाईएको जिल्ला प्रहरी कार्यलय ले  जनाएको छ ।

salyan