तिब्र गतिमा सवारी कुदाउनेलाई दोब्बर जरिवाना ,,
असार २८ , काठमाण्डौ – महानगरीय ट्राफिक महाशाखाले साउन १ गते देखि तिब्र गतिमा सवारी साधन कुदाउने चालकलाई दोब्बर जरिवाना कारबाही गर्ने भयको छ। अहिले सम्म तिब्र गतिमा सवारी साधन कुदाउने चालकलाई ५ सय मात्र जरिवाना तोकियको थियो अब साउन १ गते बाट भने १००० , जरिवाना लागु गरिने महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले बतायका छन्। हजार रुपैयाँ जरिवाना हुँदैमा पूरा कन्ट्रोल भइहाल्छ भन्ने चाहिँ होइन ।
तर, केही न केही कम हुन्छ भन्ने हाम्रो अपेक्षा हो पन्तले थपे, पहिले सबै सवारी चालकको मानसिकता परिवर्तन हुनुपर्छ अनि, मात्र यो कन्ट्रोल हुन्छ । ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ । वसन्तले भने यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको हो । मलाई लाग्छ यो सम्बन्धि चालक र यात्रु पनि सचेत हुनेछन् पन्तले पुन भने।