क्रिकेटर शरद भेषवाकरविरुद्द निशाले हालिन अंशवण्डाको मुद्दा

फाल्गुन २१

काठमान्डौ – अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको दाम्पत्य जीवनमा खटपट उत्पन्न भएको छ।
निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो ।
नाबालक छोरासमेतलाई अंश भाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंशचलनको मुद्दा दायर गरेकी थिइन् ।

विवाहअघि प्रेमसम्बन्धमा रहेका दुवैले २०७४ सालमा विवाह गरेका थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् ।

lekbesi

यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् भने शरद राष्ट्रिय टिममा समावेश छैनन् । निशाले पति शरदविरुद्ध अंशवण्डाको मुद्दा हाले लगतै दुवैको सम्बन्धमा समेत खटपट आएको छ ।यधपी निशाले सम्बन्ध बिछेदको मुद्दा भने हालेकी छैनिन ।