प्रचण्डलाई मुद्दा लगाएर माओवादीसंग निहु खोज्ने काम भैइरहेको छ : भट्टराई

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसंग निहु खोज्ने गरेको बताएका छन।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन।

उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने, मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए।

lekbesi

अब सबै जना एक भयर अगाडी बढ्नुपर्ने समेत उनले बताए । विगतमा को कहाँ नीर चुक्यो कस्ले के गल्ती गर्यो आउनुस सबै जना एक हौ विचार मिल्नेहरु एक हौ नहुनेहरु अलग हुन्छन तर जनयुद्धका मुद्दा बिउझायर माओवादीसंग निहु नखोज्न समेत उनले बताए । फाल्गुन २२