सामाजिक संजालमा पानि जहाजको कुरा गर्नेलाई साईबरक्राइमको कारबाही गरिने ,,
असार २८ , भक्तपुर – बढ्दो सामाजिक संजालमा नेताको खिल्ली उडाउने र गाली गलैज गर्ने ब्याक्ति हरुलाई सरकारले कारबाही अगाडी बढायको छ । नेपालमा गणतन्त्रको अपहेलना सामाजिकक संजालको दुरपयोग गर्दै एकले अर्कोलाई गालि गर्ने माध्याम फेसबुकको माध्यामबाट पानि जहाजको कुरा गर्ने डुबान क्षेत्रलाई पानि जहाज चल्यो भन्दै फोटो अपलोड गर्नेलाई सरकारले साईबरक्राईमको कारबाही गर्ने भयको छ ।हिजो राति बाट परेको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ ।, घर परिवार सोकमा डुबेको बेला भक्तपुरमा पानि जहाज भन्दै फेसबुकमा फोटो हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले संचार माध्याम संग विधुतिय कारबाहीको माग गरेका छन्।
संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए । भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ ।कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्। उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।भक्तपुर यो वर्ष निकै सोकाकुल छ केहि दिन अगाडी टिप्परको टक्कर बाट र यति खेर बाढी बाट दु:खमा परेको बेला अनपढ गवाड हरु फेस्बुके बनेको भन्दै उनले कडा कारबाहीको माग गरेका छन्।