गोबिन्द केसीका सबै माग पुरा हुँदैनन् ,,
असार ,२८ चितवन – नेपाल कम्युनिस्ट पार्टीभनेका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जुम्लामा अनसनरत डा. गोविन्द केसीको सबै माग पूरा नहुने बतायका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग बोल्दै नेकपाका अध्यक्ष दाहालले भने‘प्रतिनिधिसभा सार्वभौम संस्था हो, त्यसलाई ‘डिक्टेक्ट’ गर्न मिल्दैन यसले सार्वभौम जनता र लोकतान्त्रिक अभ्यासको अपमान हुन्छ, डा. केसीका माग हुबहु पुरा हुन्छन भन्ने छैन ।अध्यक्ष दाहालले भने ‘प्रतिवेदन माथि थपघट र परिमार्जन गर्ने अधिकार सरकारले राख्छ भने त्यसको अन्तिम फैसला संसदले गर्छ।उनले छलफलका लागि आएका चिकित्सक संघको टोलीलाई डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गरी वार्ता गराउन आफूले सुझाएको बताए ।
नेकपाका अध्यक्ष दाहालले प्रदेशको अस्थायी राजधानीलाई स्थायी बनाइने संकेत गरेका छन् । ‘प्रदेशको राजधानीलाई चलाएमा सबैतिर खैलाबैला हुन्छ, त्यसकारण अहिले कतै राजधानी फेरिहाल्ने पक्ष नेकपा छैन,’उनले भने । उनले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका दोषी छविलाल पौडेल अदालतको फैसलाको सम्मान गर्दै समस्या समाधानको सकारात्मक वातावरण बनाउन करागार गएको बताए । केसीलाई काठमाण्डौ ल्यायर उपचार गरिने र माग बारे छलफल गरिनेपनि दाहालले बताय चिकित्सा सिक्षाको माग गर्दै अनसन बस्न केसी जुम्ला पुगेका छन्। केसी भने आफ्ना माग पुरा नभय सम्म बरु अनसन बसेरै मर्ने तर अडान नछोड्ने बतायका छन् ।