प्रधानमन्त्री प्रचण्डले गरे न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

काठमाडौं – सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।

उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी एक नेताले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ उनले भने ।न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताईएको छ।चैत १४