आवासीय चिकित्सक हडतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने ,,

असार,२९ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको र उनका माग बारे सरकारले कुनै चासो नादेखायापछी चिकित्सकहरु हड्ताल गर्ने निर्णयमा पुगेका हुन् ।

यहीबीच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले अाजबाट अाकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेकाे हाे । एनअारडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठाेर बाटाे राेजेकाे जनाएको छ ।१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’ ।

एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ । बुधबार सरकारले केसीलाई काठमाण्डौ ल्याउन हेलिकोप्टर पठाउने निर्णय गरे पनि गोबिन्द केसी आफ्ना माग पुरा नभय नआउने भयपछि असफल भयको छ।