हैदराबादबाट छोरी मारेर श्रीमती अपहरण गरेर दैलेखका चेतनसिंह फरार

काठमान्डौ – नेपालको दैलेख दुल्लुका चेतनसिंह ठकुरीले हैदराबादको कुल्दिप सिंहको धनमाल लुटेर, एउटा सानी छोरीलाई मारेर,  उनकी पत्नी अपहरण गरेर फरार छन्।

भारतमा प्रहरबाट ब्यापक खोजी हुदैछ। उनी नेपाल पुगिसकेको अनुमान गरिएको छ। उनको सूचना दिनेलाई कुल्दीपले भारू ८० हजार पुरस्कार दिने घोषणा गरेका छन्।

कुल्दीप सिंहको हैदराबादमा मिठाई एवं फास्टफुड पसल छ । चेतनले पसल अगाडी ठेला पनि लगाएका थिए । चेतन सिंहले मासिक भारू २१ हजार भाडा तिर्नेगरी गत कार्तिक देखि ठेला सञ्चालन गरेका थिए ।

ठेला मालिक कुल्दीप सिंहका अनुसार उनी काम विशेषले राजस्थान गएका मौका पारी चेतनले आफ्नी श्रीमती कबिता काबिया, २ थान ल्यापटप, करिब भारू १८ लाख नगद र ६० तोला सुन सहित बेपत्ता भए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार जिल्ला भित्र खोजी जारी छ।

चेतनलाई नेपाल वा भारतका कुनै पनि ठाउँमा देखेमा नजिकको प्रहरी कार्यालय तथा कुल्दीप सिंहको सम्पर्क नम्बर ००९१–९१४५९०१३०९ मा खबर गर्न कुल्दीपले आग्रह समेत गरेका छन् । फोन कल डिटेलका आधारमा चेतनको सम्पर्कमा रहेका १२ जना नेपालीहरू हाल कुल्दीपको नियन्त्रणमा छन्।बैशाख २