अभिनेता सलमान खानलाई बैशाख १७ गते मार्ने धम्की फेरि आयो

बैशाख ८

मुम्बई – बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्कि आएको अब एक हप्ता बाकी छ। उनलाई मार्ने धम्की आएको थियोे ।

फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका थिए । गत सोमबार राती ९ बजे सलमान खानलाई धम्की आएको हो।

१० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरेका थिए । ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयको थियो ।

फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताएका थिए । मुम्बई प्रहरीले फोन गरेर हत्या गरिदिने व्याक्तीको अनुसंधान गरिरहेको छ।