रेडियोमा गीत बजाय वापत रोयल्टी तिर्नपर्ने ,,

सार २९ – आँउदो आर्थिक वर्षबाट रेडियोले गीतबजाय वापत रोयल्टी तिर्नपर्ने भयको छ। निजि रेडियोको संगठन बान सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत ,प्रस्तोता तथा संगीत उत्पादनको रोयल्टी संकलन गर्ने सस्थाबीच रेडियोले गीत बजाय वापत रोयल्टी तिर्नपर्ने बानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनु भयको छ ।जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दरपनि तोकियको छ। जसमा एक सय वाट सम्मका रेडियोहरुले वार्षिक २५ सय , एकसय देखि पाँचसय वाट्सम्मका रेडियोले ४५ सय रुपैयाँ र ५ सय देखि १ हजार वाट सम्मका रेडियोले वार्षिक १२ हजार रोयल्टी बुझाउनपर्ने छ। यो नियम आउँदो साउन महिना बाट लागु भई प्रतेक पुस मसान्तभित्र बुझाईसक्नुपर्ने सम्झौता गरियको छ।