suekhet
bheriad

सन्नी लियोन विवादमा ,,

lekabesi

असार २९ – बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिकलाई विवादमा आएको छ । यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् । सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए । यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको भन्दै सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् ।

अश्लिल चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने उनको भनाई छ । यसबारेमा भने सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो । यसमा सन्नीले आफ्नो भूमिका आफैं निभाएकी छन् । कुनै पनि बायोपिकमा यो नयाँ अभ्यास हो । बाल्यावस्थाकी सन्नीको भूमिका भने १४ वषिर्या रसा सौजनीले गरिरहेकी छन् ।आदित्य दत्तले निर्देशन गरेको यो बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुनेछ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरु कति समावेश गरिएको छ भन्ने ट्रेलरबाट खुलेको छैन ।