surkhet

सलमान खानलाई नेपाल ल्याउछु भन्ने सिमान्त गुरुङ पक्राउ ,,

surkhet

असार २९ ,काठमाडौं – बलिउड अभिनेता सलमान खान नेपाल नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा धेरै टिकट बेचेर कराेड भन्दा बढी ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हाे । सलमानलाई ल्याएर कार्यक्रम गर्ने भन्दै पैसा उठाएका गुरुङलाई लाजिम्पाटबाट पक्राउ गरिएकाे महागरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

Gorkha

भारतीय नायक सलमान खान फागुन २५ गते नेपाल आएर २६ गते प्रस्तूति दिने कार्यक्रम तय भएको थियो। तर सेक्युरिटी थ्रेट भएको भन्दै उक्त दिनको कार्यक्रम स्थगित भएको थियो। दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि उक्त कार्यक्रम हुन सकेन र सलमान खान नेपाल आएनन्।कार्यक्रम स्थगित भए पनि कार्यक्रमका लागि भनेर बिक्री भएका टिकटको पैसा फिर्ता नगरेपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

salyan