सुर्खेतको गुर्भाकोट ३ मा बत्तिका पोल फालेर सोलार बाड्दै नगरपालिका
जेठ १३
सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका धारपानी ३ मा पोल गाडेको चार बर्ष सम्म बत्ती पुग्न सकेको छैन। गुर्भाकोटको बोटेचौर हुँदै, कोट ,दाप्चा, हिले ,डोब, लामीडाडा लगायतका टोल टोल र सडकमा बिजुलिका पोल गाडिएका छन।
तर उक्त स्थानमा हाल सम्म बत्ति पुग्न सकेको छैन भने गाडेका पोल खिया लागेर पनि ढल्न सुरु गरेका छन। नेताहरुले बत्ती पुर्यानुको साटो सोलार बाड्ने र कमाउने धन्दा गरेको समेत स्थानीय बताउँछन ।
घर घरमा सबैसंग सोलार छन तर गुर्भाकोट नगरपालिकाले यो पटक पनि सोलार वितरण गर्ने जनाएको छ। सोलार उपलब्ध गराउने भन्दै नगरपालिकाले निवेदन दिन आवहान गरेको छ भने हाल सम्म बति पुर्याउने कुनै नेताले पनि पहल गरेको छैन ।
त्यस्तै गुर्भाकोट वडान ३ मा हाल सम्म सञ्चार सेवा समेत राम्रोसंग सुचारु हुन सकेको छैन। उक्त क्षेत्रमा नेपाल टेलिकम एनसेलको कुनै पनि सेवा नचल्ने स्थानीयले बताए ।
पटक पटक नेताहरुले वाचा गरेपनि हाल सम्म टेलिकमको टावर समेत राख्न सकेका छैनन। कल गर्दा कल काटिने , एसएम एस नजाने कल लागेपनि स्पष्ट आवाज नआउने स्थानीयले समस्या भोगी रहेका छन।