युवराज सफलले कुटपिट गर्नेमाथी मुद्दा हाल्दै

जेठ १४

काठमान्डौ – युवराज पौडेल सफल कुटिएका छन् । सफलमाथि शनिबार नयाँ बानेश्वरमा कुटपिट भएको हो । उनको टाउको र हातमा चोट लागेको बताएएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि सफल चर्चामा आएका छन।

उनले अहिले पनि रवि लामिछानेलाई विभिन्न प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा हाल्दै हिडेका छन ।
सफललाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो ।

lekbesi

सफल शनिबार स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्क्याएका थिए ।

उनीहरूले जिस्क्याएपछि सफल जंगिएका थिए । जिस्क्याउँदा जंगिए सफलमाथि कुटपिट भएको हो ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएकाे छ । सफलमाथि कुटपिट गर्ने खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।