तेस्रो स्थानका लागि इंग्ल्याण्ड भर्सेस बेल्जियमको खेल आज

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज राति पौने ८ बजे इंग्ल्याण्ड र बेल्जियमबीच सेन्ट पिटर्सवर्ग रंगशालामा खेल हुँदैछ ।सेमिफिनल खेलमा इंग्ल्याण्ड क्रोएसियासँग २-१ ले र बेल्जियम फ्रान्ससँग १-० ले पराजित भयको थियो ।

विजेता बनेको बेल्जियमले अन्तिम १६ मा जापानलाई र क्वाटर फाइनलमा ब्राजिललाई हरायो । सेमिफाइनलमा भने बेल्जियमले फ्रान्सलाई हराउन सकेन । फाइनलसम्म सहज यात्रा देखेको इंग्ल्याण्ड सेमिफाइनलमै क्रोएसियासँग निराश बन्यो । ५ गोल गरेका इंग्ल्याण्डका हृयारी केन र ४ गोल गरेका बेल्जियमका रोमेलु लुकाकुले गोल्डेन बुटकालागी महत्वपूर्ण भए पनि समूह चरणको अन्तिम खेल खेलेनन् ।

इतिहासमै समूह चरणमा खेलिसकेका टोली तेस्रो स्थानका लागि भएको खेलमा खेल्न लगएको यो पहिलो पटक हो । विश्वकपको फाईनल भने आईतवार हुनए छ ।

lekbesi