surkhet

हल्लिनु हुन्न हाम्रो ‘जङ्गे पिल्लर गीत सार्वजनिक

असार ५

surkhet

काठमान्डौ – गायक सत्य राज आचर्य र स्वरुपराज आचार्यको स्वरमा रहेको गीत हल्लिनु हुन्न हाम्रो जङ्गे पिल्लर’ बोलको गीत सार्वजनिक गर्ने जनाएका छन।

वर्षौँदेखि खील झै बल्झिरहेको नेपाल–भारतको सीमा समस्या समाधान हुनुपर्छ भनिएपनि सिमा मिचिने क्रम नरोकिएको गायकहरु बताउँछन। गीतलाई जोसेफ शाही ठकुरीले लेखेका हुन।
सिमा क्षेत्रका हाम्रा जङ्गे पिल्लरहरू नेपालीका आँखै अगाडि तोडफोड भएका छन्, सारिएका छन् । हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकता माथि पटक–पटक प्रहार भइरहदा पनि राज्य उदासिन रहेको हुँदा राज्यलाई दाबाब दिन यो गीत भोलि ६ गते सार्वजनिक गर्ने गायक स्वरुपराज आचार्यले बताए ।

Gorkha

भर्खर मात्र भारतीय चलचित्र ‘आदिपुरुष’का लेखकले १९०३ सम्म नेपाल भारतकै हिस्सा रहेको भनेर अभिव्यक्ति दिने गरेका छन। आफैमा देशै थिएन भन्ने विवादित अभिव्यक्ति दिएपछि भारतले नेपाललाई कतिसम्म हेपाहा प्रवृत्ति र गिद्दे नजरले हेर्छ भन्ने दृष्टान्त उदाङ्गो भएको समेत गायक बताउँछन।

Dailekh

इतिहासमा कसैको पनि गुलाम नबनेको हाम्रो देशको सार्वभौमिकता माथिको प्रहार असैह्य छ । यसै सन्दर्भमा सिमा विवाद अन्त्य गरिनुपर्छ, सीमा क्षेत्रका नेपालीमाथि ज्याजति हुनु हुदैन, कालापानी, लिम्पीयाधुरा र लिपुकलेक लगाएतका नेपाली भूमिमाथी भारतीय हस्तक्षेप बन्द गरिनुपर्छ भनेर करिब २ वर्ष अघि ‘जङ्गे पिल्लर’ बोलको गीत तयार भएको थियो ।

यो गीत आम नेपाली माझ पुर्याउन यहि समय उपयुक्त लागेको हुनाले भोली असार ६ गते, बुधबार दिउँसो २ बजे ‘जङ्गे पिल्लर’ सार्वजनिक गर्दैछौँ । सम्पुर्ण राष्ट्रभक्त नेपालीलाई यो गीतको भावले छुनेछ भन्ने अपेक्षा लिएको छु गायक आचार्यले भनेका छन।

salyan