चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेती यूएईमा पक्राउ (सुन प्रकरण )

असार,३१ काठमाडौं काठमाण्डौ – ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएई मा पक्राउ परेका छन् । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।उप्रेतीलाई पक्राउ गरेर नेपाल ल्याउने तयारि भईरहेको छ । साथै अन्य पात्र पनि पक्राउ पर्ने गृहमन्त्री श्रोतले जनायको छ ।