चलचित्र चि मुसी चि को चितवनमा रमाईलो कन्सर्ट ,,

Naumule

असार ३१,- चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले चितवनको नारायणगढमा भव्य कन्सर्ट गरेको छ । शनिबार साँझ नारायणी किनारामा आयोजना गरिएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिती थियो ।पूर्वी नेपालका केही शहरमा कन्सर्ट गरेपछि चलचित्रको टोली चितवन आइपुगेको हो । कन्सर्टमा चलचित्रकी मुख्य नायिका अलिसा शर्माले माहोल तताइन् । चलचित्रमा समावेश ४ गीतमा यसका मुख्य कलाकार अलिसा शर्मा, सुनिल क्षेत्री, सुशान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए । तेस्तै अब चलचित्रको यूनिटले वुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरमा कन्सर्ट गर्ने बताएको छ । चलचित्र साउन ३१ गते देखि प्रदर्शन हुँदै छ चलचित्रलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङले लगानी गरेका हुन् भने शिवराज कार्की यसका कार्यकारी निर्माता हुन् ।

Bangad kupinde