क्रोएसियाविरुद्ध फ्रान्स पहिलो हाफसम्म २–१ गोल ,,
असार ३१ , एजेन्सी – फिफा विश्वकप फुटबलको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको छ । पेनाल्टीबाट गोल गर्दै फ्रान्सले अग्रता लियको छ । खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए ।
खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरे । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । क्रोएसियाले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको छ । बल पोजिसन आफ्नो पकडमा राखे पनि फ्रान्सविरुद्ध क्रोएसिया पहिलो हाफसम्म २–१ गोलले पछि रहेको छ ।