surkhet

सासु र ससुराले जानैदिएनन ….

surkhet

असार ३२ – काठमाण्डौ
महिलाहरुको विशेष पर्व हरितालिका ( तीज ) नजिकियको छ। चाड पर्व संगै गीत संगीतमा रमाउने रंगी बिरंगी लुगा लगायर गलामा पोते लगाउदै नाच्ने र शिव जस्तो लोग्ने पाउने भन्दै महिनौ वर्त बस्ने यो महिला हरुको लागि विशेष खालको दिन मानिन्छ ।यसै बिचमा नेपालि समाज र भूगोलको आधारमा माईति घर टाढा भयका चेली माईतमा आउन नसक्ने र दाजु भाई लिन गयको कुरा सबैलाई अबगतनै छ। यस्तै परिस्थितिलाई कथामा चित्रण गरेका छन्, चर्चित गायक गायिका खुमन अधिकारी र स्मृति तिमिल्सिना गुरु आमाले ..
कुनै कुनै घरमा त लामो समय सम्म छोरी आउन नसक्नु र आमा बुवा घरका परिवार कुर्दा कुर्दा थाकेको पनि यो गीतले संदेश दियको छ। तीज गीत दिदि भाईलाई गायक खुमन अधिकारीले संगीत गरेका छन् भने राम कृष्ण आचार्यले सब्द कोरेका हुन् । गायिका स्मृति तिमिल्सिना को निर्देशन रहेको उत्क्रिस्ट भिडियोमा सुरेश श्रेष्ठको दृश्य छ। सुधन बस्नेतको सम्पादन महेन्द्र गौतम ,रमा थपलिया ,सुस्मिता सापकोटाको अभिनय रहेको यो गीतलाई गुरुआमा फ्लिम्सले प्रस्तुत गरेको छ।

Gorkha

भिडियो हेर्न यँहा थिच्नुहोस ,,

salyan