घुस लिदा -लिदै प्रहरी पक्राउ ,,

रंग दर्पण २१ माघ – जनकपुरधाम : दश हजार घुस रकमसहित जनकपुरमा एक प्रहरी जवान पक्राउ परेका छन्। धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज प्रसैलालाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटेको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो।

जनकपुरको भ्रमरपुरा चोकस्थित एक चिया पसलमा एकजना व्यापारीसँग अवैद्य मदिरा पसर सञ्चालन गर्न सहज वातावरण बनाइदिने र इजाजत पत्रसमेत उपलब्ध गराइदिने भन्दै दश हजार घुस रकम लिँदै गर्दा उनी पक्राउ परेका हुन्। प्रसैलालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले गोप्य सूचनाको आधारमा प्रसैलालाई निगरानी गरिराखेको र घुस लिन बित्तिकै रंगेहात पक्राउ गरेको हो। उनलाई हाल पदबाट निलम्बन गरिएको छ। प्रसैलालाई आइतबार बर्दिबासस्थित आयोगको कार्यालयमा राखिने र सोमबार काठमाडौं प्रहरी मुख्यालयमा पठाउने तयारी भएको छ।

lekbesi