खोलाले बगाउँदा वेपत्ता भएका बालकको खोजिकार्य जारी
साउन १३
काठमाडौं – यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक विधान आलेमगर (साजन) अझै फेला परेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।
उनले भने, ‘विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामाखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।
बेपत्ता बालकको आज पनि खोजीकार्य भएको थियोे । सिकौरावेसि टोल सुधार समिती निल्कन्ठ ७ का युवाहरुले पनि आज नेपाल पुलिसको साथमा बालकलाई खोलाको बाढीले बगायको ठाउँ हुँदै रेहडन स्कुलसम्म खोजी गरेका थिए ।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।