कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए ।
देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको बताए । भेट घाटमा के कुराकानी भएको भने खुलाईएको छैन ।गृहमन्त्री निकट स्रोतले भने समसामयिक विषयमा कुराकानी भएको बताएको छ ।साउन २६
